ठाकुरको मुद्धा ‘हेर्न नभ्याइने’



जनता समाजवादी पार्टी (जसपा) को विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटको सुनवाई हेर्न नभ्याइनेमा राखिएको छ । नेता महन्थ ठाकुरले दायर गरेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको हो ।

सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ । पार्टी आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई पार्टी आधिकारिकता दिएपछि ठाकुरले आफूमाथि अन्याय भएको भन्दै अदालतमा आयोग र यादव पक्षलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार  ४ : ३४ बजे