प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्न तयार छु : गगन थापा



नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेर बहादुर देउवाले चाहेमा आफू मन्त्री बन्ने बताएका छन् । बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै थापाले संयुक्त सरकारमा आफूलाई मन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई दबाब नदिने बताएका हुन् ।

‘प्रधानमन्त्रीले मलाई संसदमै राखेर काम गराउन उचित हुन्छ भन्ने लाग्छ भने सांसद भएर नै काम गर्छु। हैन यो बेलाको सन्दर्भमा कुनै मन्त्रालयको जिम्मेबारी दिएर काम गराउनुपर्छ भन्ने उहाँलाई लाग्यो भने मन्त्री भएर काम गर्न तयार छु, उनले भने।’

थापाले संयुक्त सरकारका आफ्नै सीमा हुने भएकाले अप्ठ्यारो बेला आएको सरकारमा प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्ने बताए।

‘संयुक्त सरकारका आफ्नै सीमा हुन्छन्। यो अप्ठेरो बेला आएको सरकार हो। स्वभाविक रुपले आएको हैन। १२–१५ महिनाको समयभित्र महत्वपूर्ण कामहरु सम्पन्न गर्नुपर्ने छ यो बेला प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्छ’, थापाले भने।

प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार  १२ : ३२ बजे