संसद विघटनमा ओली मात्रै जिम्मेवार होइनन् : श्रेष्ठ



नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन सरकार र नेताहरु जिम्मेवार रहेको बताएका छन् । नेता क्षेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका हुन् ।

‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए, प्रवक्ता श्रेष्ठले भने ।’

उनले यो कुराको गम्भीर र निर्मम ढंगले आत्मसमीक्षा गर्नुपर्ने बताए । नेताहरुले आफूलाई बदल्न तयार हुनुपर्नेमा पनि उनले जोड दिए ।

‘अबको निकास भनेको आफूलाई बदल्नुपर्छ, पार्टीहरुले, नेताहरुले र सरकारले आफूलाई बदलेर नयाँ ढंगले काम गर्ने तत्परता प्रस्तुत गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘अहिलेको सरकारलाई विशेषत प्रतिगमन विरोधी राजनीतिक पार्टीका नेताहरुलाई आफूलाई बदल्न र नेपाली जनताले अपेक्षा गरेअनुसार नयाँ ढंगले काम गर्न म अपील गर्न चाहान्छु ।’

प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार  २ : २२ बजे