नेकपा एमालेका नेता भिम रावलले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् । बिहिबार शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बोलाएको बैठकमा नेता रावल पनि उपस्थित हुने भएका हुन्।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसका शेरबहादुर देउवालाई विश्वासको मत दिने तयारी गरेपछि रावल नेपालसँग असन्तुष्ट बनेका समाचार सार्वजनिक भएपनि आजको बैठकमा रावल जाने भएका छन् ।
पार्टीमा देखिएको विवाद मिलाउन बनेको कार्यदलमा नेपाल समूहको नेतृत्व गरेका रावलले पछिल्लो समय नेपालले १० बुँदे सहमतिको प्रस्तावलाई पनि बेवास्ता गरेको भन्दै उनीसँग असन्तुष्टि जनाउँदै आएका थिए ।
नेपाल समूहका केही सदस्यहरुले सरकारमा सहभागी हुनु पर्ने जोड दिन थालेपछि रावल यो समूहबाट टाढिन खोजेको अनुमान गरिएको थियो ।








