एमालेले बोलायो स्थायी कमिटीको बैठक



नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओेलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । माधव नेपाल समुहको रणनीतिबारे स्पष्ट धारणा तय गर्न पार्टी अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी बैठक बोलाएहुन् ।

एमालेले नेपाल समूहले पार्टीको लेटरप्याड दुरुपयोग गरी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएपछि बैठकमा सातै प्रदेशका अध्यक्षहरुलाई समेत बोलाइएको छ ।

पार्टीको दशौं महाधिवेशन र विधान संसोधनका बारेमा छलफल गर्न आफूहरुलाई समेत बैठकमा डाकिएको एमाले स्रोतले बतायो । नेपाल समूहले आजको बैठकपछि नयाँ पार्टी दर्ता गर्ने एमाले संस्थापनको अनुमान रहेको छ ।

पार्टीमा सहमति कायम गर्न निकै ठूलो प्रयाश भएपनि नेपालले शेरबहादुर देउवा सरकारमा जसरी पनि गएरै छाडने र प्रचण्डसँग छुटन नसक्ने रोगको सिकार भएपछि बिस्तारै अलग पार्टीको दिशामा गएको स्रोतको दावि छ ।

‘माधव समुहले अलग पार्टी बनाउने भएपछि अव भोलि बस्ने स्थायी कमिटी बैठकले धेरै कुराहरुको छिनोफानो गर्नेछ,’ एमाले कार्यदलमा रहनुभएका एक नेताले भने । ती नेताका अनुसार अव माधव एमालेमा फर्कने संभावना लगभग सकिएको छ । माधवसँगै सो समुहका कति जना नेता सती जाने हुन यसै भन्न नसकिने ती नेताको बुझाइ छ ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहिबार  ४ : १२ बजे