एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकारेर आत्मआलोचना गरे मात्रै पार्टी एकता हुने बताएका छन्।
आज बसेको नेपाल पक्षिय केन्द्रीय कमिटी बैठकमा नेपालले यस्तो बताएका हुन । नेता नेपालाले ओलीले गल्ती सच्याएर आए भने एकता हुने नत्र नहुने धारणा राखेको बैठकपछी केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
तेस्तै आजको बैठकमा एमालेको मेलमिलाप वार्ता कार्यदलमा माधव नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए ।








