कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुँदै



नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।यही साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टिका मुख्य सचिब कृष्ण पौडेलद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

१४ औैँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत गरिने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएकोपनि बिज्ञप्तिमा जनाइएको छ ।

पार्टिले यस अघी तोकेको कार्यतालिकाअनुसार गाउँ/नगर वडाअधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । यद्यपी क्रियाशील सदस्यताको विवादका कारण साउन २० गतेसम्मको अधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ ।

 

प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार  ७ : ५२ बजे