नेकपा एमालेका उपाध्यक्ष भीम रावल शीतल निवास पुगेका छन् । शनिबार साँझ नेता रावल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।
उनीहरुबीच दुई घण्टाभन्दा बढी समय छलफल भएको बताइएको छ । पछिल्लो समय रावल एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओली समूहसंग नजिएका छन् । राष्ट्रपति भण्डारी र रावलको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
त्यस्तै अध्यक्ष केपी ओली पक्षले पनि नेपाल पक्षलाई बैठक तथा पार्टीगत गतिविधि नगर्न चेतावनी दिँदै आएको छ। नेपाल समूहको बैठकलाई अनाधिकृत भन्दै त्यस्ता गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।








