प्रचण्ड सुटुक्क बालुवारमा, के के भयो छलपल



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड आईतबार बिहाना प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनकै निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले मन्त्रीको नाम छनोट गर्ने जिम्मा पार्टीका शीर्ष नेताहरुलाई दिएका छन् तर हालसम्म कसैले पनि मन्त्रीको टुंगो लगाउन सकेका छैनन् ।

यता प्रचण्डले आफ्नो पार्टीका धेरै सांसदहरुले मन्त्री बन्ने इच्छा देखाएपछि आफूलाई मन्त्रीको नाम छनोट गर्न गाह्रो भइरहेको बताउँदै आएका छन् ।

अहिले सरकारमा प्रधानमत्री देउवासहित माओवादी र काँग्रेसका २ जना मन्त्री रहेका छन् भने १ जना राज्यमन्त्री छन् ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आइतबार  १२ : ३९ बजे