एमाले अध्यक्ष ओलीलाई उपाध्यक्ष रावलले भेटे, भेटमा के भयो सहमती



नेकपा एमालेमा उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेको खुलासा भएको छ । रावलले शनिबार अपरान्ह अध्यक्ष ओलीलाई भेटेको खुलासा भएको हो ।

भेटमा उपाध्यक्ष रावलले माधव नेपाललाई एकताको लागि दबाब दिइरहेको र पछिल्लो बैठकले पनि एकताको पक्षमा निर्णय गरेको आग्रह गरेपछि आज निर्धारित केन्द्रीय कमिटीको बैठक स्थगित भएको खुलेको छ ।

रावलको आग्रहपछि ओलीले बैठक सोमबारसम्मलाई स्थगित गरेको बताइएको छ । तर, माधव नेपालसँगको वार्ता भने तय भइसकेको छैन । दुई नेताबीच वार्ता गराएर पावर सेयरिङमा सहमति जुटाउने प्रयास भए पनि दुवै नेता एक अर्काका सर्त मान्न तत्पर नदेखिएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

रावलले ओली लगायतका नेताहरूसँग एकता भाँडिने खालका गतिविधि र अभिव्यक्ति बन्द गर्न आग्रह गरेका छन् । उनले सदस्यता नवीकरणको काम पनि सहमति भएपछि अघि बढाउन सकिने बताएका छन् ।

उपाध्यक्ष रावलले शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि करिब ३ घण्टा लामो छलफल गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा भएको छलफल एमालेको विवाद र सत्ता गठबन्धनबाट हुनसक्ने राष्ट्रपतिविरुद्धका सम्भावित कदमहरूकै बारेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आइतबार  १ : २२ बजे