एमाले स्थायी समिति बैठकबाट विधान संशोधन प्रस्ताव पारित



नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । सोमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठक चर्को विवादका बीच विधान संशोधन प्रस्ताव पारित गर्दै सकिएको हो ।

बैठकले आगामी भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशनलाई लक्षित गर्दै स्थायी समितिको आजै बस्ने बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

उक्त संशोधन प्रस्ताव अब केन्द्रीय कमिटी बैठकमा लगिनेछ । अध्यक्ष केपी ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश गरेर बैठकले त्यसलाई एकरुपता दिइएको छ ।

एमालेको यसअघिको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । यसपछि केन्द्रीय कमिटीको बैठक पनि सोमबार नै बस्ने तयारी गरेको छ ।

माधव नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओली पक्षलाई अधिवेशन सम्बन्धी गतिविधि रोक्न चेतावनी दिँदैआएका छन् ।

प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार  १ : ५४ बजे