सरकारले साउन १ गतेदेखि सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गत्रेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एबम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिए ।








