कुलमान बूढो भएपछि के गर्छ यो सरकारले ? : गजेन्द्रबहादुर महत



नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले व्यक्तिले मात्र नभई प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महतले विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे टिप्पणी गरेका हुन्।

उनले तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको संरकारले हुनुमान मात्र देख्ने अहिलेको बर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारले कुलमान मात्र देखेकाले कुलमान बुढो भएपछि यो सरकारले के गर्छ भन्दै प्रश्न गरेका हुन् ।

‘म सांसद भएर आएपछि २ वटा सरकार देखे । एउटा सरकारले हनुमान मात्र देख्ने, अर्कोले कुलमान मात्र देख्ने । हनुमानले कर्णाली स्वास्थ्य विज्ञान प्रर्तिष्ठानलाई डुबाए, कुलमानले विद्युत् प्राधिकरणलाई नाफामा त लगेका छन् । कुलमान बूढो भएपछि के गर्छ यो सरकारले ? विद्युत् प्राधिकरण मात्र छ, अरु प्राधिकरण छैनन् ? नेपाल वायु सेवा निगम सुधार्नु पर्दैन ?’ महतले प्रश्न गरे ।

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहिबार  १ : ५२ बजे