केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा राख्न डा. कोइरालाको माग



नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले पार्टिको केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा नबसी बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा नबसेकोमा आपत्ती प्रकट गरेका छन ।शुक्रवारको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले पार्टीको बैठक पार्टीकै कार्यालयमा बस्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै आपत्ती प्रकट गरे ।

नेता कोइरालाले उनले धर्नामा बसेकाहरू आफ्नै पार्टी नेता कार्यकर्ता भएकाले धर्नालाई देखाएर बैठक बाहिर राख्नु ठिक नहुने बताए ।उनले धर्नामा बसेकाहरूको आवाज सुन्नु पार्टी नेतृत्वको कर्तव्य भएको भन्दै उनले १३औँ महाधिवेशनका क्रममा समेत यस्ता घटना भएको उल्लेख गरे ।

नेता कोइरालाले प्रधानमन्त्रीले सतप्रतिशत सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमामा समेत जोड दिए ।१५ मन्त्रालय नेतृत्वविहीन रहेको भन्दाइ कोइरालाले सरकारलाई प्रभाबकारी बनाउन पनि सुझाब दिए ।उनले क्रियाशील सदस्यतामा देखिएको विवाद  समाधान गरेर पार्टिको महाधिबेशन सुनिश्चित गर्न पनि माग गरे ।कोइरालाले तल्लो तहबाट, विधान र प्रक्रियागत ढङ्गले आएका र छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट बिधि बिपरित थपिएका क्रियाशील सदस्य र पार्टी समायोजन नाममा प्रक्रिया नपुर्याइ वितरण गरिएका सदस्य मान्य नहुने बताए ।

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  ५ : ३० बजे