माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको हो ।
शनिबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रचण्डको प्रतिवेदनमा छलफलका लागि ११ वटा उपसमूह बनाइएको छ । समूहगत रूपमा छलफल पछि टोली नेताहरूले समूहको निश्कर्ष केन्द्रीय कमिटी बैठकमा राख्नेछन् ।
माओवादी केन्द्रको हिजो बसेको बैठकमा प्रचण्डले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव केन्द्रीय कमिटीले सम्मेलनको मिति पनि टुंगो लगाउने भएको छ ।
त्यसबाहेक, सरकारमा सहभागी हुने मन्त्रीको नाम पनि यही बैठकबाट टुंगो लगाउने माओवादी केन्द्रको तयारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारको तयारी गरेकाले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको नाम चाडो टुंगो लगाउनुपर्ने छ ।








