नेपालीलाई छिटो उद्धार गर्ने मन्त्रिपरिषदको निर्णय, अरु के के भए निर्णय



मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ। आज बसेको अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो।

‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।’

यस्तै भूपू ब्रिटिस गोर्खा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताए।

यो समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको र प्रक्रिया अगाडि बढिसकेकोले आमरण अनसन फिर्ता लिन सरकारले आह्वान गर्ने निर्णयसमेत भएको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  १२ : १५ बजे