जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन् । । सोमबार सांसद यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत साबित गराएका प्रधानमन्त्रीशेरबहादुर देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने पनि बताएका हुन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचनपछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गरे ।
‘संसदमा बहुमत सावित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन् ।’ उनले भने, ‘अब यो गठबन्धन सरकार १८ महिनाको मात्रै होईन्, आगामी निर्वाचन पछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ । यो हाम्रो दाबा हो ।’








