नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक मंगलबार बस्दैछ । स्थायी कमिटी बैठक बिहान ११ बजे च्यासलस्थित तुलसीलाल भवनमा बस्न लागेको हो । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेसँगै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् ।
ओलीले मध्यरातमा वक्तव्य जारी गर्दै सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विरोध जनाएका थिए । केपी ओलीको मध्यरातमा आयो वक्तव्य त्यस्तै संसदीय दलको बैठक दिउँसो २ बजे संसद्को ल्होत्से हलमा बस्ने भएको हो ।
संसद अधिवेशन अन्त्य भएसँगै एमालेको संस्थापन पक्ष सशंकित भएको छ । जसरी केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा रातारात जसपा एकीकृत हुन सजिलो भएको थियो अहिले त्यसैगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा एमाले र जसपा फुट्न सक्ने आँकलन गरिएको छ ।
यसले एमालेभित्र तरङ्ग पैदा भएको छ । यो अध्यादेश आएमा एमाले फुट्ने निश्चित हुने समेत दाबी गरिएको छ । ओलीले डाकेको बैठकलाई माधव नेपालले बहिस्कार गर्दै आएका छन् ।








