एमाले फुटाउन मिल्ने गरी अध्यादेश आइसक्यो,केही व्यक्ति बाहिरिन सक्नुहुन्छः प्रदीप ज्ञवाली



सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको नेकपा एमालेले दाबी गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दाबी गरे ।

मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको स्थायी कमिटी बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवाली यस्तो दाबी गरेका हुन ।उनले विगतमा ओली सरकारले ल्याएको अध्यादेश पनि गलत भएको भन्दै त्यो अध्यादेश गलत थियो भनेर स्वीकार्दै फिर्ता पनि लिएको बताए ।अध्यादेश जारी गरिएपछी एमालेबाट केही व्यक्ति बाहिरिन सक्ने पनि उनले बताए । एमालेले शान्तिपूर्ण जनपरिचालनको माध्यमबाट अध्यादेशको विरोध गर्ने उनको भनाइ छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको ब ताइएको छ ।

प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार  १ : ५२ बजे