सरकारले राजनीतिक दल सम्बन्धी नयाँ अध्यादेश जारी गरेको छ ।आज बालुवाटारमा बसेको मन्त्री परिषड बैठकले अध्यादेश जारी गरेको हो ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।
अध्यादेश जारी व्हएसगै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका छन् ।अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास गएकाबालुवाटारनिकट स्रोत ले जानकारी दिएको छ ।








