संसद अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश ओलि प्रवृत्तिको निरन्तरता : प्रदिप पौडेल



नेपाली का केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले संसद अधिवेसन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश ओलि प्रवृत्ति भन्दा फरक नभएको बताएका छन ।

सरकारले आज दल बिभाजन अध्यादेश ल्याएपछी ट्विटरमा प्रतिक्रीया दिदै नेता पौडेलले यस्तो बताएका हुन ।

“हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौं ।” नेता पौडेलाले भनेका छन “आज संसद अधिवेसन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन ।असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिकाे प्रहार हो ।”

प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार  ६ : १८ बजे