जसपा केन्द्रीय समितिको बैठक सुरु



जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । मंगलबारदेखि काठमाडौंको डिल्लीबजारमा सुरु भएको बैठक आज पनि जारि रहेको छ ।

आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिता हुने–नहुने बारेमा छलफल गरिने स्रोतले बताएको छ । बैठक आजै समापन गरिनेछ ।

प्रदेश पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय भ्रात संगठनहरुको इन्चार्ज प्रतिनिधिहरुबाट विचार व्यक्त भएको छ।

आजको बैठकमा चारवटा विषयमा छलफल गर्दै बैठक आज समापन हुने जसपाले जनाएको छ।

प्रकाशित मिति : भदौ २, २०७८ बुधबार  १२ : ५० बजे