एमालेको १४ सांसदलाई पद मुक्त गर्न पठाएको पत्र सभामुख समक्ष पेश



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्ने एमालेको निर्णयसहित बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ ।

एमालेले सो पत्र मंगलबार दिउँसो ४ः२० मा संसद सचिवालयमा दर्ता गरेको थियो । संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराएका हुन् ।

प्रतिनिधसभाका माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहित १४ जना सांसदहरुलाई एमालेले कारबाही गरेको हो।

मंगलबार संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको हो।

प्रकाशित मिति : भदौ २, २०७८ बुधबार  १ : ४२ बजे