नेकपा एमालेको माधव नेपाल पक्षले प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न संसद् सचिवालयलाई पत्र काटेको छ । मंगलबार एमालेले माधव नेपालसहित १४ जना सांसदहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
बुधबार अर्याल होटेलमा बसेको सो समूहको अनौपचारिक बैठकपछि उक्त कारबाही अवैधानिक भन्दै कारबाही रोक्न संयुक्त निवेदनसहित संसद् सचिवालयमा जाने निष्कर्षमा पुगेको हो ।
उनीहरूले संसद् सचिवालयलाई बुझाउन तयार गरेको पत्रमा आफूहरूमाथिको कारबाही गैर कानुनी र पार्टीको विधान विपरीत रहेको उल्लेख छ ।








