महन्थ ठाकुरको केन्द्रिय समिति २४ सदस्यीय (सूचीसहित)



जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित भएर नयाँ दल जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियामा रहेको महन्थ ठाकुर पक्षले ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरेको छ ।

ठाकुर अध्यक्ष रहेको समितिमा राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् भने अन्य सबै कार्यकारिणी सदस्य छन् । साविक जसपाका १६ जनासहित अरु नयाँ थप गरेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ । निर्वाचन आयोगको हेड काउन्टमा तटस्थ बसेका रेशमलाल चौधरी पनि सदस्य रहेका छन् ।

ठाकुरको पक्षमा जसपाका प्रतिनिधिसभाका ३२ मध्ये १२ सांसद उभिएका छन् ।अब उनीहरुसँग राष्ट्रियसभासहित संघीय संसदमा १३ सांसद हुनेछन् ।

प्रकाशित मिति : भदौ २, २०७८ बुधबार  ७ : २१ बजे