नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवाले ल्याएको अध्यादेश गणतन्त्र र लोकतन्त्रको पक्षमा रहेको दाबी गरेका छन् । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदैृ दाहालले भने केपी ओली सरकारले जारी गरेको अध्यादेश गणतन्त्र र लोकतन्त्रको बिरुद्धमा भएपनि अहिले यसको पक्षमा रहेको बताएका हुन् ।
उनले भने ‘अध्यादेशका बारेमा सबैतिर बिरोध छ, आलोचना भै रहेको छ, विशुद्ध प्राविधिक कुराले मात्र राजनीतिका कमाण्ड सम्हाल्न सकिंदैन त्यसैले अध्यादेशको विरोध गर्नुको कनै अर्थ छैन ।’
‘विगतका केपी ओली सरकारले जारी गरेको अध्यादेश गणतन्त्र र लोकतन्त्रको बिरुद्धमा थियो, अहिले यसको पक्षमा छ, अध्यक्ष प्रचण्ड भने ।’
अध्यक्ष प्रचण्डले नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार एमाले नेता माधवकुमार नेपालले मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी रहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बिहीबार विहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको भन्दै उनले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्नु हुन्न भन्नेमा पुगेका छौं ।’
अघि भने, ‘दल दर्ताको सनाखत हुनासाथ एकै दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ ।’








