कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान टुंग्याउने



नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक छलफलमा जुटेका छन् । बाँकी रहेका क्रियाशील सदस्यता विवाद समाधानका लागि आज तीन नेताहरु बिहानैबाट छलफलमा जुटेका हुन्।

नेताहरुले बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानलाई प्राथमिकता दिँदै आज पार्टीलाई प्रतिवेदन बुझाउने तयारी रहेको बताइएको छ ।

पुरानो मापदण्डले समाधान गर्न नसकेका विषय भएकाले नयाँ मापदण्ड बनाएर बाँकी समस्या समाधानको प्रयास भइरहेको स्रोतको दाबी रहेको छ । साथै आजै सबै कामहरु सकाउनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

गत साउन १२ गतेबाट वडा अधिवेशन तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण रोकिएको थियो । भने आगामी भदौ १८ गतेबाट विधिवत् रुपमा वडा अधिवेशन सुरु गर्ने भनिएपनि अझै धेरै जिल्लाहरुमा क्रियाशील सदस्यता विवाद रहेको छ ।

प्रकाशित मिति : भदौ ३, २०७८ बिहिबार  २ : २३ बजे