लुम्बिनी प्रदेशका कुलप्रसाद केसीले सांसद वलीलाई मन्त्री बनाउने तयारी गरेका छन् । मुख्यमन्त्री केसीले एमाले छोडेर माओवादी केन्द्रमा आएकी सांसद वलीलाई मन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दियो ।
शंकर पोखरेल नेतृत्वको सरकार वलीले माओवादी रोज्दा ढलेको थियो । सरकार गठनमा निर्णायक बन्दै आएकी वलीले मन्त्रीमा दाबी गरेको एक माअोवादी केन्द्रका सांसदले जानकारी दिए ।
‘सरकार गठनमा उहाँ निर्णायक बन्दै आइरहनु भएको छ । उहाँको सहयोगमा नयाँ सरकार गठन सम्भव भएको हो । विमलाजीले पनि मन्त्री हुने चाहना व्यक्त गर्नु भएको छ,’ सांसदले भने ।
यस्तै मुख्यमन्त्रीमा नियुक्त भएको १० दिन बितिसक्दा पनि केसीले प्रदेशसभामा विश्वासको मत लिन सकेका छैनन् ।
नेकपा एमालेले लगातार प्रदेशसभा अवरुद्ध पार्दा मुख्यमन्त्री केसीले विश्वासको मत लिन नपाएका हुन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले नेकपा एमालेले प्रदेशसभा चल्न नदिएका कारण विश्वासको मत लिन नसकिएको बताए ।
एमालेले सूर्य चिन्हबाट चुनाव जितेका अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने माग गर्दै पटकपटक प्रदेशसभा अवरुद्ध पार्दै आइरहेको छ । सांसदद्वय शाही र वली तत्कालिन सूर्य चिन्हबाट चुनाव जितेका सांसदलाई कारबाही नगरेसम्म सदन ठप्प पार्दै आइरहेका थिए ।
आजैलुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सभाका सदस्य अजय शाहीलाई सांसद पदबाट हटाउन नसकिने निर्णय गरेका छन्। सभामुख घर्तीले सूर्य चिह्नबाट चुनाव जितेका सांसद शाहीलाई पदबाट हटाउन नसकिने निर्णय गरेका हुन् ।








