बिहानैदेखी कांग्रेस संस्‍थापनइतरका नेताहरू छलफलमा



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् बुधबार संस्थापनइतर समूहका नेताहरू पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुटेका हुन् ।

बुधबार बिहानै नेताहरूछलफलमा वरिष्ठ नेता पौडेलसहित शशांक कोइराला, नेता सिंह र अर्जुननरसिंह केसीलगायतका नेताहरू छलफलमा जुटेका हुन् ।

छलफल महाधिवेशन केन्‍द्रित भएको सिंहका प्रेस सहयोगि यूपी लामिछानेले जानकारी दिए ।

उनकाअनुसा भदौ १८ बाट सुरु हुने वडा अधिवेशन, क्रियाशील सदस्‍यता र जिल्‍ला सभापतिहरूले सुरु गरेको धर्नाका विषयमा कुराकानी हुनेछ ।

केही दिनअगाडि पौडेल पक्षले बत्तिसपुतलीमा छलफल गरेर आफ्ना तर्फबाट भदौ १८ अघि नै सभापतिको उम्मेदवार चयन गर्ने सहमित गरेको थियो । तर, आजको छलफल भने भिन्नै भएको लामिछानेले बताए ।

प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार  १० : ३५ बजे