माधव कुमार नेपालले पार्टी फुटाए : योगेश भट्टराई



नेकपा एमालेका नेता योगेश भट्टराईले माधव कुमार नेपालले पार्टी फुटाएको बताएका छन् । बुधबार एमालेका अध्यक्ष केपि शर्मा ओलीले गरेको विशेष प्रत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टी फुट्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

पार्टी एकताका लागि १० सदस्यीय कार्यदल बनाएर १० बुँदे प्रस्ताव गरेकोमा नेता नेपालले लत्याएको उनको आरोप छ। नेपालले पार्टी फुटाउनु दूर्भाग्यपूर्ण कुरा भएको भट्टराईले बताएका हुन्।

‘डेढ महिना समय लगाएर आन्तरिक समस्या समाधानका लागि १० बुँदे प्रस्ताव तयार पारेका थियौं। तर, नेता नेपालले बेवास्ता गर्दै पार्टी बिभाजन गर्नुभयो। यो दुर्भाग्यपूर्ण कुरा हो,’ उनले भने।

प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार  १२ : ४१ बजे