एमालेका नेताबारे झाँकीले आयोगबाटै गरिन यस्तो उदघोष, अब के गर्लान् नेताहरु



नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुको पार्टीमा आउन चाहनेका लागि ढोका खुल्ल भएको बताएकी छन् ।

बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँग कुरा गर्दै एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी हुन् ।

हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो’ उनले भनिन्, ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका ओपन नै राख्नुपर्छ ।’

नेतृ झाँक्रीले निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनाललाई पनि सनाखतको अवसर दिने आशा राखेकी छन् ।

नयाँ दल गठन गर्दा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था भए पनि विगतको अभ्यास अनुसार कानुन व्यवसायी मार्फत सनाखत गर्न दिनुपर्ने उनले बताइन् ।

नयाँ दल दर्ताका लागि हस्ताक्षर सनाखत गर्न माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । बुधबार प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपाल लगायतका नेताहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन् । आयोगले उनीहरूलाई सनाखत गर्न आज बोलाएको थियो।

अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केहीबेरअघि आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन्।

केही समयअघि जारी भएको अध्यादेशअनुसार नयाँ पार्टी दर्ता गर्न नेपाल समूहले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य आफूसँग भएको प्रमाणित गर्नु पर्नेछ। नेता नेपाल बेदुराम भुसालसँगै अग्रपंक्तिमा अगाडि बढेका थिए ।

नेपाल र भुसालसँगै रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा, मेटमणि चौधरी लगायतका सांसदहरू पनि निर्वाचन आयोग पुगेका छन् । उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ।

बुधबारै जनता समाजवादी पार्टीबाट फुटेका महन्थ ठाकुरका नेताहरूले पनि नयाँ पार्टी दर्ताका लागि सनाखत गर्दैछन्। प्रस्ताविक पार्टीका अध्यक्ष नेपाल टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका थिए ।

प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार  १ : ४३ बजे