जसपा एक हप्ताभित्रै सरकारमा : बाबुराम भट्टराई



जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । तराई–मधेस र पहाडको प्रतिनिधित्व हुने गरी समावेशी आधारमा पार्टी सरकारमा जाने उनले बताए ।

जसपाले सातवटै प्रदेशमा आह्वान गरेको पार्टी सुदृढीकरण एवं जनजागरण अभियानअन्तर्गत वाग्मती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसपा नयाँ विचार र एजेन्डासहितको वैकल्पिक शक्तिको उदयमान भएको दाबी गरे ।

प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार  ५ : ४४ बजे