एमालेले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज मध्यान्न १२ बजे बैठक बस्ने भएको हो ।

एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०ले मान्यता पाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक एमाले बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।

१० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ ।

यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  ८ : ४३ बजे