प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य नियुक्त



प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । बिहिबार शेरधन राईले पदबाट राजीनामा दिएपछि भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघि भीम आचार्य दलको नेता चयन भएका थिए । आजै बसेको नेकपा एमाले प्रदेश–१ संसदीय दलको बैठकमा आचार्यलाई दलको नेता चयन गरिएको हो ।

आचार्यले मुख्यमन्त्रीको शपथ लिँदै छन् । विराटनगरमा उनको शपथग्रहणको लागि तयारी गरिएको छ । मन्त्रिमण्डलमा को–को रहने भन्ने खुलाइएको छैन ।

आचार्यले प्रदेशसभाको सबैभन्दा ठूलो दलको दलका नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिन लागेका हुन् ।

एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । प्रदेश–१ को प्रदेशसभा ९३ सदस्यीय हो । विश्वास प्राप्त गर्न ४७ मत आवश्यक पर्छ ।

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  १२ : ३७ बजे