नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आफुले नलखटेको बताएक छन्।
बिशिबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कमिटी बैठकलाई सम्बोधन गर्दै उनले केही व्यक्तिको इर्ष्या र अहंकारबाट नेपालले पार्टी विभाजन गरिएको बताएका हुन् ।
ओलीले भने ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारी बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धताहरु बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेदमा होइन, कसैले लखेटेर बस्न नसकेर होइन, सामान्य अवस्थाबाट पार्टी चलिरहेका बेला, अगाडि बढिरहेका बेला स्वार्थवश, केहीका अहंकारवश, केहीका इर्ष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएको छ,जसका कारण आन्दोलनमा गम्भीर संकट पैदा भयो। पार्टी विभाजन गरियो । केन्द्र र विभिन्न प्रदेशका सरकार ढालियो ।’
यस्तै ओलीले पार्टीमा उत्पन्न ‘जिगज्याग’पछि केन्द्रीय कमिटीका थुप्रै सदस्यहरु बैठकमा सहभागी भएको पनि बताए ।
उनले अगाडी भने, ‘एकातिर हामी ठूलो संख्यामा एकताबद्ध भएर हाम्रो काँधको अभिभारा पूरा गर्न आफू सामु उपस्थित चुनौतीहरुको सामना गर्न र आगामी विजय यात्रालाई सुनिश्चित गर्नका लागि संकल्पित ढंगले यहाँ सरिक भएका छौं ।’








