माधव नेपालको साथ छाड्दै यी सांसद, किन छोड्दैछन् उनिहरुले नेपालको साथ ?



नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पक्षमा रहेका ४ जना सांसदले साथ छोड्ने भएका छन् ।

बुधबार पार्टी सनाखतका लागि निर्वाचन आयोग पुगेका नेपाल समूहका ४ सांसदहरुलाई आयोगले अस्वीकार गरेपछि उनी तनावमा रहेका हुन् । पार्टी सनाखतका लागि उनीहरुलाई आयोगले हिजो बोलाएको थियो ।

आयोगले सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टको हस्ताक्षर आयोगले अस्वीकार गर्दा कानूनी रुपमा उनीहरु कुन पार्टीका नेता हुन् भन्ने कुरामा प्रश्न उठेको छ ।

आयोगमा एकीकृत समाजवादीका पक्षमा २९ सांसदले हस्ताक्षर गरेका छन् ।

निर्वाचन आयोगले हस्ताक्षर अस्वीकार गरेपछि उनीहरु नयाँ पार्टीमा जान मिल्ने या नमिल्ने भन्ने विषयमा अन्यौल भएको छ ।

यसै बिच एकीकृत समाजवादीका अध्यक्ष कुमार नेपालले आकस्मिक पत्रकार सम्मेलन बबोलाएका छन् । बिहिबार अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरुको उपस्थितिमा दिउँसो २ बजे पत्रकार सम्मेलन बोलाएका हुन् ।

एकीकृत समाजवादीले बुद्धनगरस्थित क्वालिटी बैकेटमा नेकपा समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो। बुधवारमात्रै सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो।

नेकपा एमालेका निवर्तमान वरिष्ठ नेता रहेका नेपालले नयाँ दल बनाएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन्।

यस्तै, नेपाललाई छाडेका नेताहरु एमालेले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदैछन्।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार नेपालको पार्टीमा गएका र आज अनुपस्थिति हुनेलाई एमालेले कारवाही गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  १ : ५६ बजे