आफ्नो साथ छोडेकाहरुलाई पत्रकार सम्मेलनमै नेपालले किन भने यस्तो !



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो समय आफुसंगै रहेका र पार्टी दर्ता गर्दा साथ छोडेकाहरुलाई गतिलो झाप्पड हानका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेकोमा आफ्नो कुनै गुनासो नरहेको बताएका छन् ।

नेता नेपालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उनले बताए ।

अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताए । तर हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उनले भने, थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन ।’

यस्तै अध्यक्ष्ँ नेपालले आफ्नो पार्टी जन आधारित पार्टी हुने दावी गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजलाई,आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी बन्ने बताए ।

‘हामी पुरानो बाटो र लिकमा जाँदैनौ । जुन ओलीले नेतृत्व गरेको पार्टीको संस्कार र परिपार्टी भन्दा भिन्न हुनेछ । क्रान्तिकारी संस्कारयुक्त पार्टी, जनताको जनवादलाई स्वीकार्नेछ’, आफ्नो पार्टी विशेषताबारे उनले बताए । ‘आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी हुनेछ । समाजवादको यात्रामा निरन्तर अघि बढ्ने छ । राष्ट्रपति, जनता र सिद्धान्तप्रति निष्ठावान भएर लागिरहने छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी नीजि स्वार्थका कुसंस्कारीको झुण्ड र केही नेताको भजन मण्डली नहुने भन्दै मार्क्सवाद, लेनिनवाद र समाजवादप्रति समर्पित जन आधारित कार्यकर्ताको पार्टी हुने बताए । उनले आगामी दिनमा पनि वामपन्थी र लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै नयाँ समाज निर्माणतर्फ अघि बढ्ने बताए ।

आफ्नो पार्टीसँग सबै छिमेकीसँग मित्रवत व्यवहार रहने भन्दै उनले छिमेकी देशको संवेदनशीलता बुझ्ने भन्दै उनले आफ्नो संवेदनशीलता पनि छिमेकीहरूले बुझ्नेछन् भन्ने विश्वास रहेको बताए ।

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  ३ : ३१ बजे