पोखराका पूर्व उपमेयर भट्टराई कांग्रेसमा प्रवेश



पोखराका पूर्व उपमेयर गणेशबहादुर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पोखराका पुराना पर्यटन व्यवसायी समेत रहेका भट्टराई लामो समय राप्रपाको राजनीति गरेका थिए ।

पछिल्लो समय स्वतन्त्र रहेका भट्टराईसहित पर्यटन व्यवसायी तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोकुमार भण्डारी, जीवन भट्टराई, ई. विकास भट्टराई, ई. विशेष थापा, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई र आशिष भट्टराई एकैपटक कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भएकोले कांग्रेसमा लागेको भट्टराईले बताए ।

‘कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी हो । सबै युवाहरु लोकतन्त्रमा विश्वास गर्छन्,’ उनले भने, ‘यहि पार्टीबाट देशको विकास गर्न सकिएला भन्ने विश्वास छ । त्यसैले यता लागें ।’

केहीले उनलाई पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारका रुपमा पनि अथ्र्याएका छन् । तर अहिले कुनै सम्झौताबाट पार्टी प्रवेश नगरेको भट्टराईको दाबी छ ।

प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार  १२ : १३ बजे