नेपाली कांग्रेसको वडा अधिवेशन नजिकैसंगै पार्टीको केन्द्रीय निर्वाचन समितिले ३६ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । कांग्रेसले भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेत तयारी गरेको हो ।
निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार क्रियाशील सदस्यता सूचीका आधारमा कांग्रेस केन्द्रीय समितिले उपलब्ध गराएको ३६ जिल्लामा प्रतिनिधि खटाइएको हो ।
कांग्रेसको वडा अधिवेशनका लागि १ सातामात्रै बाँकी रहँदा आधा जिल्लामा मात्रै प्रतिनिधि खटाइएकोले सबै जिल्लामा एकैसाथ अधिवेशन हुने सम्भावना कम देखिन्छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक लगायतका माग राखेर आन्दोलनमा उत्रिएकाले क्रियाशील सदस्यताको विवाद सैद्धान्तिकरूपमा टुंगिएपनि व्यवहारिक समस्या देखिएको छ ।
निर्वाचन समितिलाई उपलब्ध गराइएको ३६ जिल्लाको सूची कांग्रेसको वेबसाइटमा पनि सार्वजनिक गरिएको छ ।
प्रदेश १
ताप्लेजुङ – तिलक पाण्डे
पाँचथर – मदन खड्का
झापा – सुवोधबाबु सिलवाल
संखुवासभा – भरतराज उपाध्याय
तेह्रथुम – लक्ष्मणलाल रञ्जित
खोटाङ – विकास भट्टराई
सोलुखुम्बु – कैलाश गुरुङ
ओखलढुंगा – किर्तीनाथ शर्मा
उदयपुर – खुशीराम गौतम
वागमति प्रदेश
सिन्धुली – लेखत बहादुर खड्का
भक्तपुर – मुकुन्द शर्मा पौडेल
दोलखा – चक्रबहादुर थापा
रामेछाप – विष्णु लुईंटेल
गण्डकी प्रदेश
लमजुङ – थानेश्वर दवाडी
तनहुँ – फणेन्द्र कोइराला
मनाङ – वशन्त रिमाल
पर्वत – विश्वास आचार्य
नवलपरासी – सुस्ता पूर्व गोविन्द सिग्देल
म्याग्दी – विष्णुप्रसाद शर्मा
मुस्ताङ – शिवराज वाग्ले
लुम्बिनी प्रदेश
नवलपरासी सुस्ता पश्चिम – बाबुराम पाण्डेय
रुपन्देही – भूमिश्वर गौतम,
रुकुम – सूर्यबहादुर वली
रोल्पा – सूर्यबहादुर वली
कर्णाली प्रदेश
रुकुम पश्चिम – मुक्ति उपाध्याय
मुगु – नरेन्द्रबहादुर सिंह
जाजरकोट – सूर्यबहादुर शाह
दैलेख – विवस बस्नेत
सुदुरपश्चिम प्रदेश
बझाङ – चेतराज भट्ट
डोटी –ठेकेन्द्रराज जोशी
अछाम – देवराज भट्ट
दार्चुला – देवराज अवस्थी
बैतडी – पुष्पराज जोशी
डडेल्धुरा – लोकेन्द्रबहादुर बम
कञ्चनपुर – भरतबहादुर सिंह
कैलाली – टेकप्रसाद सुवेदी










