नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधिले पशुपतिनाथ मन्दिरलगायतका पुजारीको आशिर्वाद लिएका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेस उपसभापति निधिले पशुपतिनाथ मन्दिरलगायतका पुजारीको आशिर्वाद लिएका हुन्।
निधिका प्रेस सल्लाहाकार रामजी दाहालका अनुसार सम्पर्क कार्यालय स्थापना गर्नुअघि निधिले विभिन्न मन्दिरका पुजारीसंग आशिर्वाद लिएको बताए ।
‘सभापतिको निर्वाचनको तयारीमा रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा शुभाशिष लिनुभयो, उनले भने ।’
लामो समय सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरेका निधिले शुक्रबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
निधिले सम्पर्क कार्यालयमार्फत महाधविशेनका सम्पूर्ण तयारीको समन्वय गर्ने र दैनिक कार्यालयमा उपस्थित हुने सल्लाहाकार दाहालले बताएका छन् ।








