माधव नेपाल समूह छाडेपछि कमजोर बन्दै सांसद सुनुवार



माधव नेपाल समूहले दर्ता गरेको नयाँ पार्टी नेकपा एकिकृत समाजवादी बाट समेत अलगिएपछि ओखलढुंगाबाट निर्वाचित एमाले सांसद यज्ञराज सुनुवारको टिम कमजोर बन्दै गएको छ । माधव नेपाल समूहमा बसेर राजनीति यात्रा तयगरेका सुनुवारले पार्टी फुटको संघारमा पुर्याउन साथ दिएपनी अन्ततः नेपाल समुहबाट बाहिरिएसंगै उनको समुह कमजोर सावित भएको हो ।

नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओलिको पेलानमा परेका माधव समूहका नेताहरुले नयाँ दल दर्ता गरेपछि सुनुवारले मध्यमार्गीधार अपनाएको भनीएपनि गृहजिल्लामा उनको पक्षमा लागेका नेता कार्यकर्ताहरुले विस्तारै छाड्दै गएको बताएका छन् । सुनुवारकै पहलमा नेकपामा प्रवेश गरेर प्रदेश सदस्य समेत रहेका नेता हंशराज वाग्ले, जिल्ला अध्यक्ष नेत्र भट्टराई, जिल्ला सचिव तथा पूर्व सांसद हर्कबोल राई, माधव समुहका जिल्लाका सबै पदाधिकारी तथा सदस्यहरु समेतले सुनुवारलाई छाडेको नेताहरुले बताएका छन् ।

हामीले नेता मानेर संगै हिडाएका सांसद सुनुवार प्रतिगमनको पक्षमा उभिएर कम्यूनिष्ट आन्दोलनलाई सिध्याउने केपी ओलीको कार्यकर्ता हुन पुगेकाले जिल्लामा उनि एक्लीदै गएको प्रदेश कमिटी सदस्य हंशराज वाग्लले बताए । ओली समुहले त उनलाई सिध्याउछ नै नेकपा एकिकृत समाजवादीमा समेत बाटो विराएकाले कुने नेताहरुको साथ नरहेको वाग्लेको दावी छ । ‘पार्टी फुटको संघारमा पुर्याएर टिमलाई धोका दिनेहरु अवसरवादीहरु हुन वाग्लेले भने, ‘तर उनले पाउने अवसर माधव नेपाल समुहबाट पाइसकेकाले गल्ती गर्नेहरुलाई पटक पटक पार्टीले अवसर दिदैन ।’ अहिले एमाले भित्र तेस्रो धारका रुपमा देखिएका यज्ञ सुनुवार लगायत सबै नेताहरु सधै तेस्रो नै भएर बस्ने भन्दै पार्टी फुटमा उनिहरुकै हात रहेको जिल्ला नेताहरु बताउछन् ।

नेपाल समुहमा रहेका दोस्रो पुस्ताका नेताहरुको जवरजस्तीले नयाँ पार्टी निर्माण गर्नुपरेको तर उनिहरु अन्तमा लिक छाडेर अवसरको खोजीमा ओली गुटमा समाहित भएको वाग्लेले बताए । नयाँ अभियानका साथ जनताको पक्षमा काम गरेर नेकपा एकिकृत समाजवादीलाई जनताको पार्टी बनाउने अभियानमा लाग्नु पर्ने अवस्थामा भागेका भगौडाहरुलाई विस्तारै सबैले छाड्दै जाने उनको भनाइ छ । नेकपा एकिकृत समाजवादी पार्टीको तत्काल कार्यलाय उद्घाटन गर्ने र जनताको मनमनमा पुग्ने नयाँ निति कार्यक्रम सहितको अभियान लिएर जनतामाझ जाने उनले बताए । नेकपा एकिकृत समाजवादीको पहिलो जिल्ला तहको बैठकलाई भर्चुअल माध्यामबाट सम्बोधन गरेका सुनुवार अहिले एमालेमै फर्किएका छन् ।

 

प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार  २ : २३ बजे