एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै



नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे नयाँ बानेश्वस्थित संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

बैठकमा संसदीय दलको नेता चयन गर्नेलगायत विषयमा छलफल हुनेछ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार  १० : ३६ बजे