प्रदीप नेपालले छाडे माधव नेपालको साथ



नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छोडेका छन् । सोमबार समाजिक सञ्जाल फेसबुकमा अध्यक्ष नेपालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी छाडेका हुन् ।

उनले आफूले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) राख्नुपर्ने बताए पनि अध्यक्ष नेपालले धोका दिएको आरोप लगाएका छन् ।

नेता नेपालले आफूले धोकाको उपहार लिएर पार्टीबाट विदा भएको पनि बताएका छन् ।

“माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । विदा ।”

नेता नेपालले अवस्थताकाबीच निर्वाचन आयोगमा गएर सनाखत गरेका थिए ।

प्रकाशित मिति : भदौ १४, २०७८ सोमबार  ३ : १७ बजे