झलनाथ खनाल स्वदेश फर्किए : अब कुनै कार्यकारी पद नलिने खनालको घोषणा



पूर्वप्रधानमनत्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल सोमबार आज स्वदेश फर्किएका छन् । सोमबार ३ः५० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको एकीकृत समाजवादीका नेता संजिप राईले जानकारी दिए ।

दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किएका हुन् । उनको भारतमा रहेको अपोलो अस्पतालमो मिर्गौला प्रत्यारोपण गरिएको थियो। डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो।कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।खनालको स्वागतका लागि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरु विमानस्थल पुगेका थिए ।

खनालले लिखित बक्तब्य मार्फत्“यसै पनि ७१ वर्ष पार भएको छु । अब मेरो बाँकी जीवन बोनसको जीवन हो,” खनालले भने, “त्यसैले मेरो बाँकी जीवन देश, राष्ट्रियता, लोकतन्त्र र नेपाली मोडलको समाजवाद निर्माणमा लगाउँछु ।” आफू बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने पनि घोषणा गरेका छन् ।

प्रकाशित मिति : भदौ १४, २०७८ सोमबार  ६ : ५१ बजे