सत्तारुढ गठबन्धनका सभापति र अध्यक्षहरुको बैठक बस्ने



सत्तारुढ गठबन्धनको बैठकले ठोस परिमाण नदिदाँ मंगलबार साँझ पाँच दलका सभापति र अध्यक्षहरुको बैठक बस्ने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकले साझाँ सहमतीको लागि साँझ सभापति र अध्यक्षहरुको बैठक आह्रान गरेको हो ।

नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको हो । मन्त्रालय भागबन्डामा नेताहरुले आ–आफ्नो अडान लिएपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

पाँच दलबीचमा ६ मन्त्रीसहित एक जना राज्यमन्त्री बनाउने सहमति भएपनि कुन मन्त्रालय कसले पाउने भन्ने विवाद टुंगो नलागेको हो ।

प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार  १ : ०२ बजे