अल्पमतमा मुख्यमन्त्री शाक्य



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

मंगलबार नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

बागमती प्रदेश सभामा १०९ जना संसद रहेका छन् । जसमा एमालेका सभामुखसहित ५६ सांसद भएकाले तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई भदौ २ गते एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार  ३ : ५७ बजे