कांग्रेसका थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची सार्बजनिक



नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्बजनिक गरेको छ ।

सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रिायाशील सदस्यता सूची निर्वाचन समितिलाई प्राप्त भएसगै समितिले ति जिल्लाको क्रियाशील सदस्यको नामावली पार्टिको वेबसाइट मार्फत सार्बजनिक गरेको हो ।

ति जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको समितिले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।

यो सँगै  कांग्रेसले हालसम्म५६ जिल्लाका सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार  ७ : ३८ बजे