पौडेल समूहको पत्रकार सम्मेलनमा गगन



बिहिबार रामचन्द्र पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका युवा नेता गगन थापा सहभागी भएका छन् ।

केही दिनअघि मात्र आसन्न काँग्रेसको १४ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समुहको पत्रकार सम्मेलनमा सहभागी हुनुलाई अर्थर्पुाले हेरिएको छ ।

थापा यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट महामन्त्री लडेका थिए ।

पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

संस्थापन इतर समूह एक भएर महाधिवेशनमा उम्मेदवार चयन गर्ने कसरतमा रहेको छ । पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिने हो भने साझा उम्मेदवार उठाउनुपर्ने सो समूहको निष्कर्ष रहेको छ ।

 

प्रकाशित मिति : भदौ १७, २०७८ बिहिबार  ३ : २३ बजे