‘हाम्रो बीचमा खटपट छैन, एकजना उमेदवार हुन्छौँ ‘



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समुहले आफ्नो समुहबाट एक जना मात्र सभापतीको उम्मेद्धार रहने बताएको छ । बिहिबार एक पत्रकार सम्मलेन गर्दै वरिष्ठ नेता पौडेले सो कुरा बताएका हुन् ।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाले आफूहरु एकठाउँमा रहेको बताएका हुन् ।

“हामी चारजनामध्ये एकजनाले मात्रै उमेदवारी दिन्छौँ । हाम्रो बीचमा खटपट छैन । एकतावद्ध भएर जान्छौँ,” पत्रकार सम्मेलनका क्रममा नेता पौडेलले भने,“पार्टी र लोकतन्त्र बचाउनका लागि हामी एक भएर अघि बढ्छौँ । देशभरका साथीहरुलाई आश्वस्त पार्न चाहन्छौँ । हामीले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्छौँ ।”

पौडेलले को उमेदवार भन्ने विषयमा केही समयपछि निर्णय हुने बताए ।

“व्यक्ति तोक्ने काम केही समय थाति राखेका छौँ,” उनले भने, “केही समयमा निर्णय गर्छौँ ।”

प्रकाशित मिति : भदौ १७, २०७८ बिहिबार  ३ : ३४ बजे