कांग्रेसको टोल कार्यसमितिमा को को हुन्छन् पदाधिकारी



काठमाडौं । नेपाली कांग्रेसले भदौ १८ गतेदेखि सुरु गरेको वडा अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ भने बाँकी २१ जिल्लामा अधिवेशन गर्न क्रियाशील सदस्यको नाम नै सार्वजनिक भएको छैन।

यसपटक करिब तीन लाख क्रियाशील सदस्य युवा रहेको कांग्रेसले अधिकांश वडामा सर्वसम्मत तवरले नेतृत्व चयन गर्दा वडा अधिवेशन गरेको कांग्रेसले केन्द्रीय अधिवेशनसम्म पुग्न आठ तहको अधिवेशन गर्नुपर्ने हुन्छ। वडाभन्दा तल्लो टोल कार्यसमिति छ।

सबैभन्दा तल्लो तह टोल कार्यसमिति कांग्रेसले सकेसम्म सहमतिमै बनाउने भनेको छ। टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव र कोषाध्यक्ष तथा सहसचिवसहित बढीमा १५ जनाको कार्यसमिति रहन्छ।

कांग्रेसले सबै तहमा कोषाध्यक्षबाहेक पदहरूमा सर्वसम्मत नभए प्रत्यक्ष निर्वाचनबाट चुन्ने विधान बनाएको छ। १३ औं महाधिवेशनमा जम्मा चार लाख ८० हजार मात्रै क्रियाशील रहेको कांग्रेसमा यसपालि करीब ९ लाख क्रियाशील सदस्य छन्।

प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार  १२ : ३३ बजे